काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थित आज संयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गर्नुभएको छ ।
सो अवसरमा उहाँहरुबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको रक्षा मन्त्रालयका सहप्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । राष्ट्रसङ्घीय प्रतिनिधिहरुले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरु प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको थियो ।
उहाँहरुले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई विशेष ढङ्गले व्यवहार गर्नाका साथै बन्दाबन्दीको अवधिका बारेमा निर्णय गर्दा एकैपटक खुला गर्ने नभई समग्र परिस्थिति विचार गरी क्रमशः गर्नसमेत सुझाव दिनुभएको आचार्यले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल
ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणा पत्र पार्टी कार्यालयमा बुझाए (पूर्णपाठ)
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
‘संगठन र विधानबारे थप बहसको खाँचो’ : ईश्वर पोखरेल