काठमाडौं । पार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्तिः एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ ।
यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहले भने प्राप्त जिम्मेवारी तलमाथि गर्न खोजे समस्या आउने बताएको छ । योसँगै ‘एक व्यक्तिः एक मुख्य जिम्मेवारी’ मुद्दा स्थायी समितिमा मुख्य बहस हुने सम्भावना देखाएको छ ।
पार्टी एकतापछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यो विषय निरन्तर उठाउँदै आएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार