सुक्खा बन्दरगाहमा कन्टेनर थुप्रिँदा कोलकाता बन्दरगाहमा चाप

पत्रपत्रिकाबाट

मंगलबार, २३ बैशाख २०७७, ०७ : ३७
सुक्खा बन्दरगाहमा कन्टेनर थुप्रिँदा कोलकाता बन्दरगाहमा चाप

फाईल फोटो

वीरगन्ज । कोरोना भाईरसको विश्वव्यापी महामारीले अहिले विश्व अथतन्त्रमा नै एउटा संकट पैदा गरेको छ । यो संकटले अर्थतन्त्र ठप्प प्रायः छ भने, धिमा गतिमा चलेको समुद्रपारको व्यापारमा पनि विभिन्न वाधा अवरोधहरू आउने गरेका छन् ।

नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सधैं समस्या व्यहोर्नु परेका नेपाली आयातकर्ताहरूका लागि कोरोना भाईरस महामारी रोकथाम र नियन्त्रणका लागि अहिले भारत तथा नेपालमा पनि लकडाउनको अवस्थाले थप समस्याको सामाना गर्नु परिरहेको बताएका छन् । रेलमार्गबाट समुद्रमार्गसँग जोडिएको एकमात्र बन्दरगाह वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा अहिले नेपालमा आयात गरिएका कण्टेनरहरू थुप्रिएका छन् । बन्दाबन्दीले ढुवानीका साधनको अभावले मात्रै नभइ सुक्खा बन्दरगाह संचालनको ठेक्का पाएको हिमालयन टर्मिनलको मनोमानीले पनि अहिले नेपाली आयातकर्ताहरूलाई थप समस्या हुने गरेको उनीहरूले बताए ।

हिमालयन टर्मिनलको वर्तमान प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीको कार्यकालमा नेपाली आयातकर्ताहरूले बढी समस्या भोग्नु परेको बताएका छन् । उनको व्यवहार र कार्यशैलीले नै नेपाली उद्योगी, व्यावसायी, आयातकर्ता तथा भन्सार एजेण्टहरू पनि असन्तुष्ट बनेका छन् । कारोबार दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस