विभिन्न जिल्लामा कोरोना फैलिएपछि जोगिन काठमाडौं भित्रिने बढे

पत्रपत्रिकाबाट

सोमबार, २२ बैशाख २०७७, ०६ : ५६
विभिन्न जिल्लामा कोरोना फैलिएपछि जोगिन काठमाडौं भित्रिने बढे

फाईल फोटो

काठमाडौँ  । कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ ।

महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बनाउने रणनीति अनुरूप कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी स्वास्थ्य सतर्कता र सुरक्षा तयारीका सम्बन्धमा छलफल सुरु गरेको छ ।

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस