जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । सो क्रममा विवाद बढ्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
राहत वितरणमा जनकपुरधाम वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले विभेद गरेको स्थानीयको आरोप छ ।
वडाध्यक्षको कदमको विरोधमा स्थानीयले नारावाजी थालेपछि प्रहरीले एक दर्जन पीडितमाथि लाठीचार्ज गरेको बताइएको छ ।
राहत माग्न पुग्दा वडाध्यक्ष यादवको निर्देशनमा प्रहरीले लाठीचार्ज गरेको आरोप स्थानीयवासीहरुले लगाएका छन् ।
प्रहरीको कुटपिटबाट वडा नम्बर १४ स्थित रजौलका पप्पु झा, सुफल देवी साह, फुलदेवी, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी , रामसुखित यादव, उपेन्द्र कुमार साह लगायतको शरीरका विभिन्न भागमा चोट लागेके बताइएके छ ।
राहत वितरणमा बडाध्यक्ष यादवले विपन्न र गरीवलाई छाडेर आफ्नो कार्यकर्तालाई अनावश्यक रुपमा वितरण गरेको आरोप स्थानीयको छ ।
वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरे । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र गरेका बताए ।
यता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकारे ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)