जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । सो क्रममा विवाद बढ्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
राहत वितरणमा जनकपुरधाम वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले विभेद गरेको स्थानीयको आरोप छ ।
वडाध्यक्षको कदमको विरोधमा स्थानीयले नारावाजी थालेपछि प्रहरीले एक दर्जन पीडितमाथि लाठीचार्ज गरेको बताइएको छ ।
राहत माग्न पुग्दा वडाध्यक्ष यादवको निर्देशनमा प्रहरीले लाठीचार्ज गरेको आरोप स्थानीयवासीहरुले लगाएका छन् ।
प्रहरीको कुटपिटबाट वडा नम्बर १४ स्थित रजौलका पप्पु झा, सुफल देवी साह, फुलदेवी, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी , रामसुखित यादव, उपेन्द्र कुमार साह लगायतको शरीरका विभिन्न भागमा चोट लागेके बताइएके छ ।
राहत वितरणमा बडाध्यक्ष यादवले विपन्न र गरीवलाई छाडेर आफ्नो कार्यकर्तालाई अनावश्यक रुपमा वितरण गरेको आरोप स्थानीयको छ ।
वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरे । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र गरेका बताए ।
यता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकारे ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु