चीनमा विद्यार्थीको दैनिक परीक्षण

पत्रपत्रिकाबाट

शनिबार, २० बैशाख २०७७, ०८ : १७
चीनमा विद्यार्थीको दैनिक परीक्षण

काठमाडौं । चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ।  

हरेक दिन पढ्न जाने विद्यार्थी तथा निजी र सरकारी कार्यालयका कर्मचारीहरुलाई भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ । 

करेक दिन विद्यालय पुगेका विद्यार्थीहरु यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ । कक्षाकोठाभित्र छिर्नुअद्धि उनीहरुको स्वाव परीक्षण गरिन्छ । त्यसपछि रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षाकोठाभित्र छिर्न दिने गरिएको कान्तिपुर दैनिकमा खबर छ ।