बम विस्फोटबाट रोल्पामा ४ बालबालिकाको मृत्यु भएको घटनाप्रति ऊर्जामन्त्री पुनद्वारा दुःख व्यक्त

शुक्रबार, १९ बैशाख २०७७, १२ : ३६
बम विस्फोटबाट रोल्पामा ४ बालबालिकाको मृत्यु भएको घटनाप्रति ऊर्जामन्त्री पुनद्वारा दुःख व्यक्त

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले रोल्पा बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । 

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले एक शोक वक्तव्य जारी गर्दैै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग  समन्वय भइरहेको जानकारी दिएका छन् । 

उनले घटनाबाट आफू मर्माहत भएको भन्दै विस्फोटमा ज्यान गुमाएकाका शोकाकुल परिवारमा समेवदना प्रकट गरेका छन् । 

उनले घटनाबारे सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहेको जानकारी प्राप्त भएको र आफूले समेत समन्वय गरिरहेको उल्लेख गरेका छन् । 

‘यो दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहन हुनुभएका शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’, मन्त्री पुनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहनुभएको जानकारी प्राप्त भएको छ ।’ 

बिहीबार त्रिवेणी गाउँपालिकामा भएको बम विस्फोटको घटनामा ४ बालबालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस