सुर्खेत । प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सुनारमाथि दुई महिना अघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर