एजेन्सी । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या१० लाख भन्दा बढी पुगेको छ ।
जोन हप्किन्स विश्व विद्यालयलका अनुसार अमेरिकामा हालसम्म कुल संक्रमितको संख्या १० लाख १२ हजार ५ सय भन्दा बढी पुगेको छ । यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या अमेरिकामा ५८ हजार नाघेको छ । अहिलेसम्म ५८ हजार ३४८ जनाको मृत्यु भएको छ । विश्वमा हालसम्म संक्रमितको संख्या ३१ लाख १५ हजार भन्दा बढी तथा मृत्यु हुनेको संख्या २ लाख १७ हजार पुगेको छ ।
अमेरिकापछि सबैभन्दा धेरैको मृत्यु भएको इटालीमा ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय ५९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख १ हजार भन्दा बढी छ । यस्तै स्पेनमा मृत्यु हुने २३ हजार ८ सय २२ र संक्रमितको संख्या २ लाख ३२ हजार भन्दा बढी पुगेको छ ।
फ्रान्समा संक्रमित १ लाख ६९ हजार तथा मृत्यु हुने २३ हजार ६ सय ६० र बेलायतमा संक्रमित एक लाख ६२ हजार तथा मृत्यु हुने २१ हजार ६ सय ७८ रहेको छ । अमेरिकामा लगायतका देशहरुले कोरोनाको संक्रमण रोकथामका लागि विभिन्न सतर्कता, उपाय अपनाएपनि संक्रमण रोकिन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत