सर्लाही । बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ