चितवन । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले भरतपुरबाट दुई जना पत्रकारलाई डेढ घण्टासम्म नियन्त्रणमा लिएर छाडेको छ । भरतपुरको चौबीसकोठीबाट कायाकैरन दैनिकका विनोदबाबु रिजाल र रेडियो त्रिवेणीका अर्जुन अधिकारीलाई प्रहरीले सोमबार बिहान दस बजेतिर नियन्त्रणमा लिएको थियो ।
पत्रकारमाथिको दुव्र्यवहारको निन्दा गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखा लगायत विभिन्न संस्थाले विज्ञप्ति जारी गरेका छन् । ती विज्ञप्तिमा पत्रकारमाथि दुव्र्यवहार गर्ने र नियन्त्रणमा लिने प्रहरीलाई कारबाहीको माग गरिएको छ ।
प्रहरी नियन्त्रणबाट छुटेपछि सोमबार दिउँसो दुई बजेतिर फेसबुकमा स्टाटस लेख्दै पत्रकार बिनोदबाबु रिजालले अहिले आफूहरु पत्रकार महासंघको कार्यालयमा सुरक्षित रहेको जानकारी गराएका छन् । उनले सबै शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी महिलामाथि रोल्पामा गोली प्रहार
नेपालमा जलपक्षीको सङ्ख्यामा कमी
काठमाडौं महानगरपालिकाले हटाउन थाल्यो रानीपोखरीको लेउ
फागुन ४ र ५ गते काठमाडौंमा पत्रकार महासंघको २६ औ महाधिवेशन हुने
कुखुरापालन व्यवसायमा जम्दै गैँडाकोटकी इन्दु
जुम्लामा विद्युत लोडसेडिङको तालिका सार्वजनिक