रुपन्देही । लाठी प्रहार गरी मायादेबी गाउँपालिका-१ धमौली बस्ने ४० वर्षीय राम नेवास लोधको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन् । सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले प्रमेश्वर र केदारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ