सर्वेन्द्र खनाल माथी अनुसन्धान गर्न पूर्वप्रहरी महानिरीक्षकहरुकै माग

मुलुकी अपराधसंहिताको दफा २११ अनुसार खनालसहित महेश बस्नेत र किसान श्रेष्ठलाई अनुसन्धान गर्नुपर्ने जिकिर

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०७७, ०९ : २८
सर्वेन्द्र खनाल माथी अनुसन्धान गर्न पूर्वप्रहरी महानिरीक्षकहरुकै माग

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यतिबेला फेरि चर्चामा छन् । चर्चामा आउन कि नाम कमाउनु पर्छ, कि बदनामी हुनुपर्छ । तीन महिना अगाडी मात्र सेवानिवृत्त प्रहरी महानिरीक्षक खनाल भने बदनामीका कारण चर्चामा छन् ।  अर्काको राजनीतिक पार्टी टुक्राउने घृणित खेलमा उनी सांसद अपहरणका लागि बिजुली गतिमा महोत्तरीसम्म पुगेका थिए ।

ओली निकट सांसदहरु महेश वस्नेत र किसान श्रेष्ठसहित उनी समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न महोत्तरी पुगेका थिए ।  काँग्रेस पृष्ठभूमिका खनाल एकाएक नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको घृणित अपराधमा संग्लन्न हुन कसरी पुगे ? ओलीको योजना कार्यान्वयनमा फिल्ड कमाण्डर बन्न उनी किन पुगे ? अहिले प्रश्न उठिरहेको छ ।  समग्र प्रहरी सेवाकै बदनाम हुने गरी संगठनका पूर्वप्रमुखको संलग्नतामा भएको यस घटनाबारे अनुसन्धान गर्न प्रहरीले मानेको छैन् ।

पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, ६ जना सांसदहरु सहितका टोली खनाल, बस्नेत र श्रेष्ठका विरुद्ध अपहरण किटानीका साथ उजुरी दिन पुग्दा समेत प्रहरीले उजुरी लिन नमानेपछि अनुसन्धानमा समेत सत्तापक्ष हावी हुन थालेको देखिएको छ । अपराधकर्ममा संलग्न भएपछि सम्बन्धित निकायहरूले छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गनुपर्नेमा उजुरी समेत लिन नमान्नुले प्रहरी संगठनभित्रको काम कुन हदसम्म हुदो रहेछ भन्न्ने छरपष्ट पारेको छ । सामान्य नागरिकले यो घटनावाट आफुले न्याय पाउछन् भन्ने अनुमान लगाउनु बेकार हुन खोजेको छ । 

सांसद खरिद–बिक्रीको पुनरावृत्तिको रूपमा देखिएको यो घटनाको गम्भीर पाटो भनेको यसमा मिसिएको आपराधिक स्वरूप हो । सर्वेन्द्र खनाल त्यही अपराधकर्ममा संग्लग्न छन् । प्रहरी आफैले मुद्दा लिन नमानेपनि सांसद यादव आफुमाथी अपहरण कर्ममा संग्लन्नलाई कारवाही माग गदै २४ वर्ष जेल सजायको माग गर्दै प्रहरी कँहा पुग्नुले खनाल लगायत टोली ‘निर्दाेष’ छन् भन्ने आधार अव छैन ।  अपराध अनुसन्धान गर्ने निकायकै पूर्वप्रमुख स्वयं यसमा जोडिन पुग्नु अझ डरलाग्दो पक्ष हो । यसको छानबिन गरेर खनालमाथी अनुसन्धानको दायरा बढाउनु आवश्यक रहेको पूर्व प्रहरी महानिरीक्षकहरुले बताएका छन् ।

खनालले प्रहरीको अनुसन्धान प्रक्रियाकै साख धुलिसात गरेको भन्दै उनीहरुले प्रभाव, दवावमा नपरी उनीमाथी अनुसन्धान गरी कारवाहीको दायरामा लयाउन माग गरेका छन् । एक पूर्व प्रहरी महानिरीक्षक भन्छन्,–‘सत्तामा रहेर अपराध कर्ममा लाग्न प्रोत्साहित गर्नु नै महाअपराध हो, त्यसमाथी अपराध अनुसन्धान गर्नुपर्ने निकायकै पूर्व प्रमुख जोडिन पुग्न सबैभन्दा डरलाग्दो चित्र हो, यसमा खनाललाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।’ ति पूर्व प्रहरी महानिरीक्षकहरुका अनुसार, सुरक्षा निकायका प्रमुखलगायतका उच्चपदस्थ अधिकारीहरू त सेवानिवृत्त भएपछि पनि संस्थासित जोडिएका हुन्छन् ।

खासमा, उनीहरू व्यक्ति नभएर स्वयं संस्थाकै अंगका रूपमा रहेका हुन्छन् । यस्ता व्यक्तिको नाम–बदनामको हिस्सेदार सम्बन्धित संगठन स्वतः हुन्छ । त्यसकारण पनि खनालमाथी अनुसन्धान गर्नुपर्ने र कारवाहीको भागिदार बनाउनु पर्ने ति पूर्व महानिरीक्षक बताउँछन् । मुलुकी अपराधसंहिताको दफा २११ अनुसार ‘कुनै व्यक्तिलाई बल प्रयोग गरेर, धम्क्याएर वा छलकपटबाट वा झुक्याएर नियन्त्रणमा लिई कुनै ठाउँमा लैजानु अपहरण हो ।’ खनाल, बस्नेत र श्रेष्ठले सांसद यादवलाई सामान्य बल प्रयोग, धम्काएर र छलकपट गरेर महोत्तरीवाट उठाएर काठमाडौं ल्याईपु¥याएका छन् ।

सांसद यादवले नेपाली कागजमा औंठाछाप लगाएर प्रहरीमा दिन खोजेको उजुरीमा भनिएको छ,– ‘प्रधानमन्त्री कार्यालयबाट फोन गरेर, डर र त्रास देखाएर मलाई अपहरण गरिएको हो, योजना बनाउनेहरूले मलाई अहिले पनि खोजिरहेका छन्, परिवार र आफन्त त्रासमा छन, त्यसैले मेरो जिउज्यानको सुरक्षा गर्न योजनाकार र मतियारलाई पक्राउ गरियोस्, अपहरणको कसुरमा सजाय होस् ।’ 

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका यादवले किटानीकै साथ आफुलाई प्रधानमन्त्री कार्यलयबाटै डर, त्रास देखाएर अपहरण गरेको किटानी सहित उजुरी दिन पुगेपछि खनाल लगायतमाथी अनुसन्धानमा प्रहरी चुक्नु हुदैन । आफ्नै संगठनको छविसित जोडिएको यस्तो विषयमा छानबिन गर्ने आँट प्रहरी नेतृत्वले देखाउनैपर्छ । 
 

प्रतिक्रिया दिनुहोस