सल्यान । यहाँ एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो ।
अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ । सुरजलाई यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ । मुचुल्कापछि शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताउनुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या