मेलम्ची । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ । शनिबार समातिएका सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरिएको थियो । जङ्गली जनावर मारेको भनी जानकारी प्राप्त हुनासाथ सो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जनाकारी दिनुभयो ।
उहाँका अनुसार खानतलासी गर्दा टपीन्द्रको भान्साघरमा मृगको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारिएको हो । त्यसैगरी गुरुङको घरको पूजाघरमा दुई नाल भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ । समारिएका उनीहरुलाई रीतपूर्वक पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इप्रका बाह्रबिसेको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ