लकडाउन खुकुलो हुँदै

पत्रपत्रिकाबाट

शनिबार, १३ बैशाख २०७७, ०७ : ३८
लकडाउन खुकुलो हुँदै

फाईल फोटो

काठमाडौं । कोभिड १९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाएर पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रुपमा काम गर्ने स्थिति नरहेने विज्ञहरुले बताएका छन् । 

लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रुपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको कान्तिपुर दैनिकमा खबर छ। 
वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्थामा विज्ञहरुले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका छन् । 

लकडाउनको एक महिनापछि राजधानीमा विहीबारदेखि कोभिड १९ को बिरामी बिहीन बनेकाले अझ एक दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभाड नहुने गरी व्यक्तिगत दुरी कायम राखेर राजधानी केही खुकुलो गर्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस