काठमाडौं । समाजवादी पार्टीका नेताहरुले आफनो पार्टी विभाजन गर्न प्रधानमन्त्री केपी ओलीले राज्यशक्तिको सम्पूर्ण स्रोत साधन खर्च गरेर लागेको आरोप लगाएका छन् । आफना पार्टीका नेताहरुलाई बन्धक शैलीमा नक्साल स्थित मेरियट होटलमा राखेको आरोप पनि समाजवादीले लगाएको छ ।
राजपासँग मध्यरात पार्टी एकताको निर्णयमा पुगेको समाजवादीले आफना केही सांसदलाई मोरियाट होटलको ७०१ देखि ७१५ नम्बरको कोठामा बुक गरेर राखेको आरोप लगाएको छ । जनकपुरवाटै , नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठको निर्देशनमा अपहरण शैलीमा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई काठमाडौं ल्याई राखेको आरोप पनि समाजवादीले लगाएको छ ।
यादव भने अहिले त्यहाँवाट फुत्केर डा. बाबुराम भट्टराईको सम्र्पकमा पुगिसकेका छन् । यसको पुष्टि बाबुरामका सहयोगी समेत रहेका नेता विश्वदीप पाण्डेले सामाजिक सन्जालमार्फत गरिसकेका छन् ।
अन्य नेताहरुलाई त्यहाँबाट छुटाउनका लागि समाजवादीका नेता अशोक राई अहिले उक्त होटलमा पुगेको बताईएको छ । होटलमा रेणु यादव, इस्तियाक राई लगायतका नेताहरु पनि छन् । त्यहा सांसदहरुलाई मन्त्रीको प्रलोभन दिने, अनेक धम्की दिएर त्यहाँ लगेर राखिएको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस