काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । स्थानीय समयानुसार मंगलबार उहाँले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उहाँको पूर्ण स्थास्थ्य लाभको कामना गर्नुभएको हो ।
‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उहाँको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु, ट्रम्पले भन्नु भएको छ । दैनिक एक कार्यक्रममा मङंगलबार उहाँले किमसँग आफ्नो निकै राम्रो सम्वन्ध बन्दै गएको पनि स्मरण गर्नुभएको छ ।
अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि उहाँले यस्तो बताउनु भएको हो । नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित हुनुभएको थियो ।
उहाँ त्योभन्दा चार दिन अगाडी एउटा सरकारी बैठकमा भने देखिनु भएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन् ।
योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् । उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होईन, एक सरकारी उच्च अधिकारीले भने । अध्यक्षका प्रवक्ता काङ मिन सेओकले पनि उत्तर कोरियामा कुनै नयाँ कुरा नभएको दाबी गर्नुभयो ।
उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकाले पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले बेला बेलामा सूचताप्रतिको अन्यौलता सृजना हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० बैशाख २०७७, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी