काठमाडौं । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका छन् ।
संसारकै अहिलेको प्रधान प्राथमिकता कोेरोना भाइरस संक्रमणको महामारीमाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ ।
सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्नेमा जोड दिए ।
यस्तै काँग्रेसका संगठन विभाग प्रमुख गोपानमान श्रेष्ठले सरकारले अध्यादेश ल्याउनुको कारण प्रस्ट्यानु पर्ने बताए । उनले भने, 'यस्तो संकटका बेला सरकारले गर्नुपर्ने काम नगरेर किन उल्टो उल्टो काम गरिरहेको छ ? कुन पार्टी फुटाउन सरकारले यस्तो अध्यादेश ल्याउन हतारो गरे ? यसबारे सरकारले प्रस्ट्याउनुपर्छ ।'
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल