काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।
आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । तर अव संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी प्रस्तावमाथि छलफल भएको हो ।
त्यसैले मन्त्रिपरिषद् बैठकपश्चात पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको बताइएको छ । उक्त बैठकपछि उर्जामन्त्री वर्षमान पुन अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक