काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।
आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । तर अव संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी प्रस्तावमाथि छलफल भएको हो ।
त्यसैले मन्त्रिपरिषद् बैठकपश्चात पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको बताइएको छ । उक्त बैठकपछि उर्जामन्त्री वर्षमान पुन अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
सरकारले जेन जेड आन्दोलनका घाइतेलाई थप १५ हजार दिने
नेपाल विशेष सेवा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै