मेडिकल सामग्री कालोबजारीमा रंगेहात समातिएका सुलभ अग्रवाललाई किन निलम्बन गर्दैन उद्योग परिसंघ ?

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०७७, १४ : १४
मेडिकल सामग्री कालोबजारीमा रंगेहात समातिएका सुलभ अग्रवाललाई किन निलम्बन गर्दैन उद्योग परिसंघ ?

काठमाडौं । थर्मल गन लगायत मेडिकल सामग्रीको कालोबजारी गर्दागर्दैको अवस्थामा रंगेहात समातिएका उद्योग परिसंघका उपाध्यक्ष तथा शंकर ग्रुपका अर्बपति मालिक सुलभ अग्रवाललाई चोख्याएर छुटाउन नेपाल उद्योग परिसंघका सम्पूर्ण पदाधिकारीहरु ज्यान फालेर दौडधुप गरिरहेका छन् । स्रोतहरुका अनुसार परिसंघका अध्यक्ष सतिस मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु राजेसकुमार अग्रवाल, कृष्णप्रसाद अधिकारी, उद्योगी शेखर गोल्छाहरु सुलभलाई छुटाउन कम्मर कसेर लागेका छन् ।

यो महा संकटको बेला कालोबजारी गरेर अपराधीको कुख्याती कमाएका सुलभलाई परिसघको उपाध्यक्षबाट निलम्बन गरी कारवाहीमा सरकारलाई सघाउनुपर्नेमा उद्योग परिसंघका पदाधिकारीहरु नै सुलभ चोख्याउन लाग्नुले उद्योगीहरुको साझा संस्था विवादमा त आएको छ नै बद्नामी पनि कमाइरहेको छ । सुलभले अपराध गरेकै हुन् । उनी रंगेहात समातिएकै हुन् । अनि अरु थप के चाहिन्छ सुलभ दोषी हुन् भन्ने कुराको प्रमाण ? परिसंघका अध्यक्ष सतिस मोरलाई किन कालोबजारी गर्दा गर्दै समातिएका सुलभ अग्रवाललाई संघको उपाध्यक्षबाट निलम्बन गरी अनुसन्धानमा सहयोग नगरेको भन्ने सफलखबर डट कमको प्रश्नमा मोरले बिधानमा नभएको विषय भनी गैरजिम्मेवार र हास्यास्पद जवाफ दिएका छन् ।

सतिस जी तपाईहरु ज्यान छोडेर सुलभ रिहाइको लागि सबै प्रकारका शक्ति जुटाउन लाग्नुभएको छ भन्ने  सर्बत्र चर्चा छ । तपाईहरुले निलम्बन नगर्ने कुराले त यसलाई पुष्टि ग¥यो  नि  ? भन्दा नाजवाफ भइ उम्किएका छन् ।

सतिस जी तपाईको त्यो विधान चाहीँ कहाँबाट बनाएर ल्याएको हो ? के प्रचलित कानुन अनुसार नै बनेको होइन तपाइको विधान ? जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएको हैन उद्योग परिसंघको विधान ? सुलभको केस के प्रमुख जिल्ला अधिकारी मातहत अनुसन्धान भैरहेको हैन ? के जिम्मेवार उद्योग परिसंघ दोषीलाई कारवाहीको पक्षमा खुलेरै लाग्नु पर्दैन ? बिडम्वना यहाँ त उल्टो भइरहेको छ चोरको साथी बन्ने काम भइरहेको छ ।

उद्योग परिसंघको इमान जमान र नैतिकताको परीक्षा हो सुलभलाई संघबाट निलम्बन गर्ने र न्यायिक निरुपणलाई सहयोग पु¥याउने यस मामलामा चोख्याउन दवाब दिने, छुटाउन रकमकलम बोकेर शक्ति केन्द्र धाउने मध्यका अध्यक्ष सतिस मोर र राजेसकुमार अग्रवालको समेत नेपाली समाजले परीक्षा लिइरहेको छ । यो परिक्षा पास गर्न सिङ्गो परिसंघ, उद्योगीहरु सफलखबर डटकममा प्रकाशित समाचार हटाउन दवाब दिने उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, विज्ञापन व्यावसायी राजेन्द्र अर्याल, प्रत्यक्ष वा अप्रत्यक्षरुपमा समाचारमाथि दवाब सृजना गर्ने सबैको पनि यो परीक्षाको घडी नै हो । तपाइहरुको निष्ठा र इमानदारीता लुटतन्त्र र कालोबजारी विरुद्धको अडानमाथिको परीक्षा नै हो । त्यसैले उद्योग परिसंघले विनासर्त अविलम्ब सुलभलाई उपाध्यक्षबाट निलम्बन गरी परिसंघको साख जोगाउनु जरुरी छ ।

समय घर्किंदै जाँदा पासा उल्टो पल्टिन पनि सक्छ । जहाँ बर्मामा केही बर्ष अगाडि जनताले कालोबजारी, राजस्वछली अर्बपती भएकाहरु, उद्योगपतिहरुको सम्पती नागरिकले कब्जा गरी देशबाटै लखटेका थिए ।

किन छुटेनन् सुलभ आइतबार ?
सबैतिर राजनीतिक सटिङ्ग गरी ठूलो रकम कलमको सेटिङ्ग मिलाएर शनिबार राती सतिस र राजेस, सुलभ अग्रवाल आइतबार घर फर्कने विश्वासका साथ घर फर्किएका थिए । तर आइतबार भयो उल्टो । सबैतिरको लेनदेन बुझ बुजारथ भइसक्दा अनुसन्धानमा खटिएका उच्च प्रहरी अधिकृतहरुले अनुसन्धान नसकिएको भन्दै रोकिरहेका थिए । दवावका बाबजुत सरकारी वकिलको कार्यालमा अनुसन्धान प्रतिवेदन त पु¥याए । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान नपुगेको भन्दै थप अनुसन्धानको लागि फाइल प्रहरीलाई नै फिर्ता पठाइदियो र पुन १० दिनको म्याद थपी न्यायिक हिरासतमै थन्किए सुलभ ।

सिएनआइका पदाधिकारीले सुलभ छुटाउन के के गर्नुपर्छ सबै गर्ने गरी सतिस मोरलाई जिम्मा दिएको थियो । सुलभ गिरफ्तार भएकै भोलिपल्ट । सतिसले मारवाडी समुदायको पनि साथ लिन र कतिपय सुलभसँगको कारोबारमा जोडिएका आफ्नै उपाध्यक्ष तथा नेपाल मारवाडी समाजका अध्यक्ष पूर्व संविधान सभा सदस्य श्रवणकुमार अग्रवालका छोरा राजेसकुमार अग्रवाललाई लिएर दुइ सदस्यीय सुलभ छुटाउ कार्यदल बनाइ काम भइरहेको सिएनआइका सदस्य तथा मारवाडी सेवा समितिका एक सदस्यले कुरो चुहाएका छन् ।

सोही बमोजिम बिराटनगर, विरगन्ज, भैरहवा र चितवनका मरवाडी समुदायका अगुवाहरु सुलभ समातिएको भोलिपल्ट साँझ बैठक बसी सुलभलाई विनासर्त छोड्न नसक्दा आउदा दिन मारवाडी समुदायका लागि कठिन र चुनौतिपूर्ण हुने निष्कर्ष निकालेका थिए । सबै क्षेत्रका मारवाडी अगुवाहरुको एउटै निष्कर्ष थियो जहाँ जसको जे सम्पर्क सम्बन्ध छ त्यहाँ लबिङ् गर्ने र जुनसुकै मूल्य चुकाएर पनि रिहा गर्ने । सोही बमोजिम काम पनि भयो तर लकडाउनका कारण भेटघाट सम्पर्क गतिका साथ हुन सकेन र यो लम्भियो । शनिवारसम्म आइपुग्दा सबै सेटिङ्ग त मिल्यो कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामहरुप्रति बढ्दो अलोकप्रियताले पनि आइतबार धरौटिमा छोड्नबाट पछि हट्यो सरकार ।

के गर्दै छ प्रहरी ? कस्तो छ सुलभको दैनिकी  ?
प्रहरी दुविधामा छ उच्च राजनीतिक र प्रशासनिक तहको दवाबमा छ । अनुसन्धानमा खटिएका फिल्ड कमाण्डरहरु यस प्रकरणबाट अरु थुप्रै कालोबजारी र राजस्व ठगिका प्रमाण जुट्ने ठोकुवा गर्छन् । यही दुविधाबाट खरो ढंगले खासै अनुसन्धान अगाडि बढ्न नसकेको अनुसन्धानमा संलग्न एक अधिकृतले सफल खबरलाई बताए । तेसो त सुलभको मुखबन्धिले पनि प्रहरीका लागि थप अनुसन्धानमा बाधा परेको छ । सुलभ केही बाल्दै बाल्दैनन् । दरबारमार्गको हिरासतमा बसेका सुलभ घरबाट ल्याएको मिठो मसिनो खान्छन् ।

आक्कल झुक्कल निगरानी गर्ने प्रहरी जवानलाई पैसाको प्रलोभन देखाउछन् । अनि छिनछिनमा दुइहातले आफ्नै टाउको ठोक्दै बर्बराउँछन् । भनेको नमान्ने दिसापिसाब गर्न जाँदा अनावश्यक निउ खोज्ने र दम्भ देखाउने सुलभको दैनिकी छ । आफन्तहरु र व्यापारी नेताहरु आउँछन् । भेट्छन् जान्छन् । बिशेष गरी परिसंघका अध्यक्ष सतिस मोर र उपाध्यक्ष राजेसकुमार अग्रवाल बढी आउनेमा पर्दछन् । ‘हामीले भेटघाट बन्द गराउने प्रयास गर्छाैं । माथिको दवाब आउँछ’ एक अधिकृतले नाम नबताउने सर्तमा सफल खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस