चितवन । गैंडाकोट ४ मा बस्ने एक किशोरीको मृत्यु भएको छ । जुम्ला घर भएकी कावासोती बसेर पढ्दै गरेकी किशोरी लकडाउनपछि गैंडाकोट कालिगण्डकी चोक नजिकै दाजुको कोठामा बस्दै आएकी थिईन् ।
उनमा दुई दिन पहिले उच्च ज्वरो देखिएपछि भरतपुर अस्पतालको आईसियुमा राखिएको थियो । गैंडाकोट ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले ज्वरो आएपछि कोरोना अस्पतालमा लगिएको र त्यहाँ कोरोना नभएको भनेपछि सरकारी अस्पतालमा भर्ना गरिएको आफूलाई जानकारी आएको बताउनु भयो ।
बिहाना आफूले बिरामीको दाजुलाई फोन गर्दा बहिनीको मृत्यु भएको भनेर जानकारी दिएको न्यौपाने बताउनु हुन्छ । उनको मृत्यु भएपछि स्वाब परीक्षणका लागि पठाइएको आफूले जानकारी पाएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु