चितवन । गैंडाकोट ४ मा बस्ने एक किशोरीको मृत्यु भएको छ । जुम्ला घर भएकी कावासोती बसेर पढ्दै गरेकी किशोरी लकडाउनपछि गैंडाकोट कालिगण्डकी चोक नजिकै दाजुको कोठामा बस्दै आएकी थिईन् ।
उनमा दुई दिन पहिले उच्च ज्वरो देखिएपछि भरतपुर अस्पतालको आईसियुमा राखिएको थियो । गैंडाकोट ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले ज्वरो आएपछि कोरोना अस्पतालमा लगिएको र त्यहाँ कोरोना नभएको भनेपछि सरकारी अस्पतालमा भर्ना गरिएको आफूलाई जानकारी आएको बताउनु भयो ।
बिहाना आफूले बिरामीको दाजुलाई फोन गर्दा बहिनीको मृत्यु भएको भनेर जानकारी दिएको न्यौपाने बताउनु हुन्छ । उनको मृत्यु भएपछि स्वाब परीक्षणका लागि पठाइएको आफूले जानकारी पाएको न्यौपानेले बताए ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु