पर्सा । नेपाल औषधि व्यवसायी सङ्घ पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण औषधि पसल शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि बन्द गराएको छ । सङ्घ पर्साका अध्यक्ष ताजुद्दीन अन्सारीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा सङ्घले जिल्लाभरिका औषधि पसल बन्द गराएको हो ।
तरकारी खरिद गर्न निस्केका अन्सारीलाई प्रहरीले दुव्र्यवहार गरी मोटरसाइकल नियन्त्रणमा लिएको विरोधमा सङ्घले पसल बन्द गराएको नेपाल औषधि व्यवसायी सङ्घ प्रदेश नं २ का महासचिव पप्पु झाले जानकारी दिनुभयो । उहाँले लकडाउनका क्रममा औषधि व्यवसायीमाथि प्रहरीले गर्दै आएको दुव्र्यवहारलाई रोक्न स्थानीय प्रशासनलाई पटकपटक जानकारी दिँदा पनि घटना रोकिनुको सट्टा पर्साका अध्यक्षमाथि नै दुव्र्यवहार भएपछि बाध्य भएर पसल बन्द गराउनु परेको बताउनुभयो ।
जिल्लामा सञ्चालित औषधि पसल बन्द भएपछि उपभोक्ता भने मारमा परेका छन् । अतिआवश्यक औषधि खरिद गर्न नपाउँदा आफन्तको ज्यान नै जोखिममा पर्ने हो कि भन्नेमा उपभोक्ता चिन्तित छन् । यसै विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसँग बुझ्दा उहाँले तोकिएको समयमा खाद्य सामग्री खरिद गर्न जाँदा सवारी साधन प्रयोग गर्न स्थानीय प्रशासनले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेकाले अन्सारीको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले बन्द गराइएका पसल तत्काल खोल्न सङ्घका पदाधिकारीसँग छलफल भइरहेको जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
प्रहरीले सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी ऐन संशोधन
झडपमा परी ६३ जना शिक्षकहरू घाइते