काठमाडौँ । देशका केही क्षेत्रको मौसम आइतबार आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको मौसमविदले बताएका छन्।
अहिले देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँही भेगको मौसम सामान्यतया सफा रहेको जनाइएको छ। दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने छ । पहाडी भूभागका केही स्थान तथा तराइका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।
राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना