एजेन्सी । कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतको पञ्जाबमा प्रहरीका एसिपीको निधन भएको छ । लुधियानाका एसिपी अनिल कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनलाई लुधियानानको एसपिएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो । तर त्यो भन्दा अघि नै कोरोना भाइरसका कारण उनको निधन भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसिपी कोहलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
केही दिनअघि एसिपी कोहलीलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ५२ वर्षका एसिपी कोहलीले हालै कुनै पनि देशको यात्रा गरेका थिएनन् ।
परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका अरु व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने भन्दै परीक्षण गरिएको छ । भारतमा कोरोना संक्रमणको बिरामी दिन प्रति दिन ह्वात्तै बढ्दै गईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु