काठमाडौँ । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले मानिसहरु हिँडेर घरतर्फ लागिरहेको तस्बिर सामाजिक सन्जालमा पोष्ट गर्दै सरकारले उचित व्यवस्थापन गर्न नसक्दा आफूलाई जनप्रतिनिधि भएकोमा लज्जाबोध भएको उल्लेख गरेका छन् ।
दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ।यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ ? केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं। थापाले ट्वीटरमा ट्वीट गर्दै भनेका छन् ।
लकडाउनका कारण अलपत्र परेपछि सयौँ किलोमिटर दूरीमा रहेको आफ्ना घर पैदलै फर्किरहेका उनीहरुलाई उचित व्यवस्थापन गर्न सरकारलाई थापाले आह्वान गरेका छन्। त्यसका लागि आफूहरु पनि मिलेर काम गर्न तयार रहेको उनको भनाइ छ।
थापाले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्– दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छरु मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ। यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ ? केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ। यिनको व्यवस्थापनका उपाय छन्। हामी छलफल गर्न चाहन्छौं। बोलाउनुस्,मिलेर काम गरौँ।
सरकारले दैनिक ज्यालादारी मजदूरी गर्ने, असहाय लगायतलाई राहतको प्याकेज ल्याएपनि काठमाडौँ लगायत विभिन्न ठाउँमा अलपत्र परेका मानिसहरु दैनिक हजारौँको संख्यामा पैदल हिँडेर घरतर्फ फर्किरहेको र थकित भएर बाटोमा सुतिरहेका तस्बिरहरु सार्वजनिक भएका छन्।
स्वास्थ्य भन्दा अहिले त खाना भएको भन्दै उनीहरुलाई आ–आफ्ना घर तर्फ हिडेरै लागेपनि विभिन्न अवरोध झेल्दै आएका छन् । हिड्दाहिडदै थकित भएका उनीहरु मध्ये कतिपयलाई त बिच बाटोबाटै फर्काईका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी