काठमाडौं । सांसदहरू यतिबेला मन्त्रीलाई गुनासा सुनाउन चाहन्छन् । गाउँठाउँले भोगिरहेको समस्यादेखि राष्ट्रियस्तरमा भइरहेको गडबडीका विषयमा उनीहरूका थुप्रै प्रश्न छन् । सरकारलाई सोध्नुपर्ने प्रश्न मनमै गुम्सिएर बसेको बताउँछिन्, कांग्रेस सांसद रंगमती शाही ।
संसद् अनिश्चितकालका लागि बन्द भएपछि सरकारलाई हाइसन्चो भएको आरोप लगाउँछिन्, उनी । हुम्लाबाट प्रतिनिधित्व गर्ने शाहीसँग यतिवेला सरकारलाई खबरदारी गर्नुपर्ने थुप्रै विषय छन् । गृहजिल्लामा खाद्यान्नको अभाव भएको, स्वास्थ्य सामग्री नभएको, विदेशबाट आउने मान्छे अलपत्र परेको, क्वारेन्टाइनको पर्याप्त व्यवस्था नभएकोजस्ता समस्या समाधान गर्न सरकारले के–कस्तो तयारी गरिरहेको छ भन्ने विषयमा जवाफ खोजिरहेकी छिन्, उनी ।
‘हाम्रो कर्णालीमा रोगले भन्दा भोकले मान्छे मर्लान् जस्तो छ । चीनको नाका बन्द छ, आफ्नोतिरबाट खानेकुरा पुगेको छैन । सरकारले कम्तीमा चामल त पु¥याइदिनुपर्छ,’ उनी भन्छिन्, ‘जनताले मसँग जवाफ खोज्छन् । म सरकारसँग जवाफ माग्न खोज्छु, तर मन्त्रीहरू फोन उठाउँदैनन् । म्यासेज रिप्लाई गर्दैनन् । संसद् नभएर साह्रै अप्ठ्यारो भएको छ ।’
आजको नयाँ पत्रिका लेख्छ–प्रश्नहरूको सामना गर्नु नपरेपछि सरकारको मैमत्तापन बढेको र जवाफदेही हुनुनपरेको उनको भनाइ छ । सरकारलाई नियन्त्रण र निगरानी गर्न पनि संसदीय समिति वा संसद् कुनै पनि माध्यमबाट सञ्चालन गर्नुपर्ने उनी बताउँछिन् । नेकपाकै सांसद गजेन्द्रबहादुर महत पनि सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न पनि संसद् सञ्चालन गर्न जरुरी भइसकेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ