काठमाडौँ । देशभरको मौसम बिहीबार आज आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले स्थानीय वायुको प्रभाव सँगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो। देशको पूर्वी भू–भागमा अहिले आंशिक बदली रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन्।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । मध्य र पूर्वका केही स्थान र पश्विमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना