वर्ष २०७७ देशका लागि अभिषाप, सत्ता परिर्वतन हुने संकेत

मंगलबार, ०२ बैशाख २०७७, १७ : ३१
वर्ष २०७७ देशका लागि अभिषाप, सत्ता परिर्वतन हुने संकेत

– प्रकाश सिग्देल
नवलपुर । ज्योतिष शास्त्रका अनुसार वर्ष २०७७ नेपालका लागि निकै ठूलो हानीको वर्ष हुने देखिएको छ । वर्ष २०७७ सालको जगलग्न वृश्चिक रासीबाट सुरु भएको र यसले दुईवटा चरित्र देखाउने हुँदा यसले असुभ संकेत देखाएको ज्योतिषहरु बताउँछन् । 

यसको चरित्रले देशको उन्नती प्रगतिमा हानी गर्ने, रक्तपात मच्चाउने, अतिबिश्टी अनाबिश्टी हुने, त्यसले फलफुल तथा  सुन्तलाजन्य फलको उत्पादन घट्ने ज्योतिष पण्डित बिष्णु सिग्देलले बताउनु भयो ।  

नेपाललाई एउटा शरीर मानेर हेर्दा यो वर्ष आमंसिक सर्पदोश देखिएको र यसले रत्तपात मच्चिने सम्भावना रहेको हुँदा सरकारले बेलाबेलामा शक्ति पिठको पूजा आर्चना नगरे नराम्रो परिणाम भोग्नु पर्ने उहाँको भनाइ छ ।  त्यस्तै यो वर्ष सत्ता परिर्वतन समेतको संकेत ग्रहले गरेको उहाँ बताउनु हुन्छ ।  

राज्यसत्ता अर्थात सरकारको स्थानमा बुध ग्रह गएर बसेको यसको काम शत्रुलाई प्रोत्साहन गर्ने भएको उहाँ बताउनु हुन्छ ।
त्यस्तै जनताको स्थान अथवा मन्त्रि ग्रहमा चन्द ग्रह गएर बसेको र यी दुई ग्रहमा बुधभन्दा चन्द्रमा बलियो हुने हुँदा यो वर्ष सरकारभन्दा नागरिक बलियो हुने र त्यसले सरकार र नागरिकबीच द्वन्द्व बढाउने अवस्था सृजना गर्ने उहाँ बताउनु हुन्छ । 

चन्द्रमा र बुध भनेको एक अर्काबीच शत्रु ग्रह भएको र यसले देशमा ठूलो असर पार्ने उहाँको भनाइ छ । बुधको ठाउँमा वृहस्पती बसेको भए सरकार र नागरिकको तालमेल देखिने र सबै समस्या समाधान हुने उहाँ बताउनु हुन्छ । 

समग्रतामा यो वर्ष आर्थिक विचलन आउने, नागरिक विपतीको महामारीमा पर्नुपर्ने, राज्य सञ्चालकले ठूलो क्षति व्यहोर्नुपर्ने उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस