प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको कटाक्ष : ‘विलासी रहन तपाईको खर्च कसरी चल्छ ?’

मंगलबार, ०२ बैशाख २०७७, १० : ३२
प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको कटाक्ष : ‘विलासी रहन तपाईको खर्च कसरी चल्छ ?’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकाविहानै कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको समाप्ती नभएसम्म आफुले पारिश्रमिक नलिने घोषणा गरेपछि भट्टराईले ओलीलाई तलब भत्ता नलिए विलासी जीवन बिताउन खर्च कसरी चल्छ ? भन्दै कटाक्ष गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

त्यस्तै नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पनि एक वर्षसम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए ।  पूर्वप्रधानमन्त्री भट्टराईले तलबभत्ता पूरै त्याग्ने घोषणालाई ‘राम्रो’ भनेका छन् ।

तर उनले सँगै सामाजिक सन्जाल ट्वीटरमा प्रश्न गरेका छन्, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद÷सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?’
 

प्रतिक्रिया दिनुहोस