काठमाडौं । कोरोनाका कारण अर्थतन्त्रमा पुगेको असरले यातायात क्षेत्रका साढे ३ लाख मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार यातायात क्षेत्रमा १० लाखजना प्रत्यक्ष निर्भर छन् ।
त्यसमध्ये ६५ प्रतिशत (६ लाख ५० हजार) स्वरोगार छन् भने बाँकी ३५ प्रतिशत (३ लाख ५० हजार) मजदुर श्रमिकका रूपमा कार्यरत छन् । अहिले कोरोना संकटबाट साहुको बस, ट्रक, ट्याक्सी चलाएर गुजारा गर्ने ३ लाख ५० हजार चालक तथा सहचालक बेरोजगार बनेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
मजदुर उनीहरूमा आश्रित परिवारलाई सरकारले राहतको प्याकेज ल्याउनुपर्ने सिटौलाको माग छ । अर्कोतर्फ स्वरोजगार साढे ६ लाख पनि समस्यामा छन् । कर्जामा निकालेको सवारीको किस्ता तिर्न नसकेर समस्यामा परेका हुन् ।
सवारीसाधन भएकामध्ये ९० प्रतिशतले बैंकबाट कर्जामा सवारीसाधन निकालेका हुन्छन् । तर, अहिले सवारीसाधन ठप्प भएपछि बैंकको ब्याज तिर्न सक्ने अवस्थामा नभएको व्यवसायीको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति
चितवनको पहाडी क्षेत्र मायाँटारमा यातायात पुगेपछि जीविको पार्जनमा सहज