सोमबार विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं : प्रधानमन्त्री ओली

आइतबार, ३० चैत्र २०७६, २३ : १२
सोमबार विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

चिकिसत्क, नर्स लगायत यो विपदमा ज्यानको परवाह नगरी सेवामा खटिएकालाई लक्षित गरि उनले भोलि सो कार्यक्रम गर्न आव्हान गरेका हुन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् ।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस