कोरोना अस्थायी अस्पताल अब भरतपुर अस्पताल मातहत, पुराना सबै उपसमिति निष्क्रिय

कोरोना नियन्त्रणमा महानगरप्रमुख रेनु दाहालको सक्रियता कोरोना अस्पताल र प्रयोगसाला संचालन अमूल्य सहयोग गर्ने सबैलाइ धन्यवाद

सफल खबर संवाददाता

आइतबार, ३० चैत्र २०७६, १९ : ४८
कोरोना अस्थायी अस्पताल अब भरतपुर अस्पताल मातहत, पुराना सबै उपसमिति निष्क्रिय

भरतपुर । कोरोना नियन्त्रण कार्यदल भरतपुरले अस्पताल र प्रयोगशाला स्थापनार्थ गठन गरेका उपसमितिहरुलाई धन्यबाद दिदै हालका लागि निस्कृय गरेको छ । कार्यदलको आज भरतपुर महानगरपालिकामा सम्पन्न बैठकले प्रयोगशाला, व्यवस्थापन, खरिद, प्राबिधिक, कमचारी भर्ना र क्वारेन्टाईन उपसमितिहरु निस्कृय गरेको हो । 

अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने गरि भरतपुर महानगरपालिका र भरतपुर अस्पताल बिच यस अघि गरिएको सम्झौताको समेत कार्यदलको बैठकले अनुमोदन गरेको छ ।  यस संगै भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताल भरतपुर महानगरपालिका बाट स्थापित र भरतपुर अस्पतालबाट संञ्चालित हुने भएको छ । भोलि बैशाख १ गतेबाट कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने भएको छ ।

कार्यदलका सदस्य सचिब डा. भोजराज अधिकारीले कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने भए संगै उपसमितिहरु तत्कालका लागि काम नभएकाले धन्यबाद सहित निस्कृय गरिएको जानकारी दिनुभयो । जिल्लामा कोरोना भईरस (कोभिड १९)को संक्रमण फैलिएमा के कसरी नियन्त्रण र उपचार गर्न सकीन्छ भन्ने विषयमा प्राबिधिक एबं चिकित्सकहरुलाई योजना बनाउन पनि बैठकले निर्देशन गरेको छ ।  

अधिकारीका अनुसार योजना तयार भएपछि अर्को बैठकमा छलफल हुनेछ । अन्य जिल्लाहरुबाट थप उपचारका लागि बिरामी पठाउनु पर्दा सामान्य चेकजाँच सम्बन्धित जिल्लाका अस्पतालहरुमा गरेर थप उपचार चाहिने र जटिल बिरामीहरुलाई मात्र  पठाउन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । 

बिरगञ्जमा समेत संक्रमण देखिए पछि जिल्लामा उच्च सतर्कता अपनाउने बिषयमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बैठकमा छलफल भएको अधिकारीले जानकारी दिनुभयो । 
सो अबसरमा कार्यदलका संयोजक एबं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कोरोना अस्पताल स्थापनाका क्रममा उपसमितिमा रहेर सहयोग गर्ने सबै प्रति धन्यबाद ज्ञापन गर्नु भयो । उहाँले भोलिबाट कोरोना अस्पतालको पूर्ण संञ्चालन भरतपुर अस्पतालले गर्दै गर्दा कुनै जटिलता र समस्या भएमा त्यसको निराकरणका लागि महानगरले सहयोग गर्ने बताउनुभयो । 

सो अबसरमा कार्यदलका सदस्य सचिब एबं भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पताल र महानगरका बिचमा सम्झौता भई सकेको जानकारी दिदै महानगर संगै सहकार्य गरेर अस्पताल संञ्चालन गर्ने बताउनु भयो । बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी भारायण प्रसाद भट्टराई सहित कार्यदलका सदस्यहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । कोरोना अस्पताल पछि भरतपुरमा संञ्चालनमा आएको कोरोना परिक्षण प्रयोगशालाको बिषयमा समेत बैठकमा छलफल भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस