काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले स्थानीय वायुको मात्रै प्रभाव रहेकाले मौसम सामान्यतया सफा रहने भएको मौसमविदले बताएका छन्। देशको पूर्वी भू–भागमा अहिले सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अपराहन्नपछि पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना