प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

शुक्रबार, २८ चैत्र २०७६, १३ : ३०
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । 

प्रधानमन्त्री ओलीले मोदीसँग शुक्रबार आफ्नो टेलिफोन वार्ता भएको ट्वीटरमार्फत जानकारी दिएका हुन् । 

संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । 

यस्तै लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको पनि ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस