काठमाडौँ । कोरानो भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिईरहदा पछिल्लो समय यसको संक्रमण तथा मृत्युदर छिमकी देश भारतमा पनि तिब्र रुपमा फैलिदैं गएको छ ।
भारतमा कोरोना भाइरसका कारण बिहीबार मात्रै ३० जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यस्तै बिहिबार मात्रै ५ सय ४७ जना नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार राति मात्रै ३० जनाको मृत्यु भएको हो भने ५ सय ४७ नयाँ संक्रमित फेला परेका हुन् ।
भारतभर संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ । करिव ५ सय जना उपचार पछि निको भएका छन् । भारतमा कोरोनाका सबैभन्दा धेरै संक्रमित महाराष्ट्र, तमिलनाडु र दिल्लीमा पाइएका छन् । सबैभन्दा धेरै मृत्यु महाराष्ट्रमा ९७ जना मानिसको मृत्यु भएको छ ।
यसको संक्रमण रोक्न भारतका केन्द्र देखि प्रान्तिय सरकारले सम्मले विभिन्न प्रयास जारी राखेको छ । २१ दिन देखि जारी लकडाउन आव्हान गरिएपछि सर्वसाधारण घरमै बस्न भएपनि यसको संक्रमण फैलिदै गएको छ ।
राजधानी दिल्ली घर बाहिर निस्कदा मास्क अनिवार्य गरिएको छ छ भने उत्तर प्रदेशका विभिन्न कतिपय जिल्लालाई लकडाउन भन्दा पनि कडा गर्दै सिल नै गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’