काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एक चिकित्सकको मृत्यु भएको छ । भारतिय संचारमाध्यमका अनुसार भारतको मध्य प्रदेश प्रान्तमामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको मृत्यु भएको हो ।
यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।
बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले घर जान सकिरहेका छैनन् ।
पछिल्लो समय नयाँ संक्रमितको संख्या बढेसँगै मध्यप्रदेशको धेरै स्थानलाई पूर्ण रुपमा बन्द गरिएको छ । प्रदेश सरकारले लकडाउन खुलेपछि पनि प्रदेशको सपिङ मल, धार्मिक स्थल र स्कुल कलेज एक महिना बन्द गर्न सक्ने बताइएको छ ।
भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । भारत सरकारले यसको संक्रमण रोकथामका लागि विभिन्न प्रयास गरेपछि दिन प्रति दिन संक्रमण बढदै गईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै
पाकिस्तानी प्रधानमन्त्रीको वार्ताको प्रस्तावमा भारतले के भन्यो ?
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण