कोरोना भाइरस

रियल म्याड्रिडद्धारा आफ्ना खेलाडीको १० देखि २० प्रतिशत तलब कटौती

विहीबार, २७ चैत्र २०७६, ११ : ०६
रियल म्याड्रिडद्धारा आफ्ना खेलाडीको १० देखि २० प्रतिशत तलब कटौती

एजेन्सी । स्पेनिस महारथी फुटबल क्लब रियल मड्रिडले आफ्ना खेलाडीको १० देखि २० प्रतिशतसम्म तलब कटौती गर्ने निर्णय गरेकोछ ।  कोरोना भाइरस (कोभिड १९) ले क्लबलाई आर्थिक संकट सिर्जना गराएको भन्दै खेलाडीको तलबमा कटौती गर्ने निर्णय गरेको हो ।

क्लबलाई आर्थिक भार परेको भन्दै रियलले खेलाडीको तलब काट्ने निर्णय गरेको हो । स्पेनमा मार्च मध्यदेखि खेलकुद गतिविधि सबै ठप्प छन् । रियलले खेलाडी, प्रशिक्षक तथा कर्मचारीको तलब काट्ने निर्णय गरेको जनाएको छ ।

खेलाडीको तलब काट्ने निर्णय यसअघि बार्सिलानादेखि अमेरिकाका क्लबहरुले पनि गरिसकेका छन् । कोरोनाले असर गरेका देशहरुमा स्पेन पनि मुख्य प्रभावित देश हो ।

स्पेनमा अहिलेसम्म १४ हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेको छ । यस्तै, संक्रमितको संख्या १ लाख ४८ हजारभन्दा बढी रहेका छन् भने उपचारपछि ४८ हजार घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस