एजेन्सी । महामारीको रुपमा फैलिदैं गएको कोरोना भाइरसको संक्रमणबाट हिजो मंगलबारभारतमा अघिल्लो दिनको तुलनामा मृत्यु तथा नयाँ संक्रमितको संख्या कम भएको छ ।
भारतिय संचार माध्यमका अनुसार मंगलबार कोभिड–१९ बाट १३ जनाको मृत्यु भएको छ । भने थप ५ सय ८ जना नयाँ संक्रमित फेला परेका छन् । यसअघि सोमबार एकै दिन २८ जनाको मृत्यु भएको थियो भने ७ सय ४ जना नयाँ संक्रमित भेटिएका थिए ।
भारतमा अहिलेसम्म कोभिड–१९ बाट १ सय २४ जनाको ज्यान गएको छ । यस्तै कुल संक्रमितको संख्या ४ हजार ७ सय ८९ पुगेको छ । कोरोनाको संक्रमण फैलिन नदिन भारतका विभिन्न प्रान्तमा लकडाउनसंगै कप्mर्यु समेत लगाईएको छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु