एजेन्सी । महामारीको रुपमा फैलिदैं गएको कोरोना भाइरसको संक्रमणबाट हिजो मंगलबारभारतमा अघिल्लो दिनको तुलनामा मृत्यु तथा नयाँ संक्रमितको संख्या कम भएको छ ।
भारतिय संचार माध्यमका अनुसार मंगलबार कोभिड–१९ बाट १३ जनाको मृत्यु भएको छ । भने थप ५ सय ८ जना नयाँ संक्रमित फेला परेका छन् । यसअघि सोमबार एकै दिन २८ जनाको मृत्यु भएको थियो भने ७ सय ४ जना नयाँ संक्रमित भेटिएका थिए ।
भारतमा अहिलेसम्म कोभिड–१९ बाट १ सय २४ जनाको ज्यान गएको छ । यस्तै कुल संक्रमितको संख्या ४ हजार ७ सय ८९ पुगेको छ । कोरोनाको संक्रमण फैलिन नदिन भारतका विभिन्न प्रान्तमा लकडाउनसंगै कप्mर्यु समेत लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित