काठमाडौं । कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । बेलायती एक वरिष्ट मन्त्री माइकल गभले प्रधानमन्त्री जोन्सनलाई अक्सिजन दिइएको तर भेन्टिलेटरमा नराखिएको जानकारी दिनुभयो ।
बेलायतको एलबिसी रेडियोलाई अन्तर्वार्ता दिँदै गभले भन्नुभयो, “प्रधामन्त्रीलाई अक्सिजन दिइएको छ । स्वास्थ्य अवस्था विचार गरी आवश्यक भएमा भेन्टिलेटरमा राखिनेछ ।”
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेमध्ये प्रधानमन्त्री जोन्सन सबैभन्दा उच्चपदस्थ राजनीतिज्ञ हुनुहुन्छ ।
कोरोनाभाइरसको संक्रमण भएदेखि नै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन एकान्तबास (आइसोलेसन) मा बस्नु भएको थियो । तर उहाँमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो ।
प्रधानमन्त्री जोन्सनलाई विगत १० दिनदेखि उच्च ज्वरो र सुक्खा खोकी समेतका कोरोनाभाइरसका लक्षणहरु देखिएका थिए । सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि प्रधानमन्त्री होसमै रहनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री जोन्सनले सरकारका तर्फबाट गर्नुपर्ने कार्यहरु सम्पादन गर्न विदेशमन्त्री डोमिनिक राबलाई जिम्मेवारी दिनु भएको छ । तर विदेशमन्त्री राबले आफूले प्रधानमन्त्रीसँग गत शनिबारदेखि कुराकानी गर्न नपाएको स्पष्ट गर्नु भएको छ । तर उहाँले “सरकारी कामकारबाही यथावत र बिना अवरोध रहनेछन्” भन्नुभयो ।
विदेशमन्त्री राबले प्रधानमन्त्रीको उपचारमा कुनै कमी नभएको र उपचारमा उत्कृष्ट चिकित्सा टोली संलग्न रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ चैत्र २०७६, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै