एजेन्सी । कोरोना भाइरसको इपिसेन्टरको रुपमा रहेको अमेरिकामा नोवेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
सोमबार थप १ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । योसंगै कोभिड १९ को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ८ सय ७१ पुगेको छ । यस्तै सोमबार मात्रै ३० हजार भन्दा बढी नयां संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ३ लाख ६७ हजार भन्दा बढी पुगेको छ ।
अमेरिकामा कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा सोमबार ५ सय ९९ जनाको मृत्यु भएको छ । अहिलेसम्म न्यूयोर्कमा मृत्यु हुनेको संख्या ४ हजार ७ सय ५८ पुगेको छ । यस्तै राज्यमा संक्रमितको संया एक लाख ३१ हजार भन्दा बढी छ ।
चीनको बुहान प्रान्तबाट देखा परेको कोरोना भाइरसको संक्रमण पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा देखा परेको छ । संक्रमण दर निकै बढ्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साता धेरै मानिसको मृत्यु हुन सक्ने भन्दै सतर्क गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?