एजेन्सी । कोरोना भाइरसको इपिसेन्टरको रुपमा रहेको अमेरिकामा नोवेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
सोमबार थप १ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । योसंगै कोभिड १९ को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ८ सय ७१ पुगेको छ । यस्तै सोमबार मात्रै ३० हजार भन्दा बढी नयां संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ३ लाख ६७ हजार भन्दा बढी पुगेको छ ।
अमेरिकामा कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा सोमबार ५ सय ९९ जनाको मृत्यु भएको छ । अहिलेसम्म न्यूयोर्कमा मृत्यु हुनेको संख्या ४ हजार ७ सय ५८ पुगेको छ । यस्तै राज्यमा संक्रमितको संया एक लाख ३१ हजार भन्दा बढी छ ।
चीनको बुहान प्रान्तबाट देखा परेको कोरोना भाइरसको संक्रमण पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा देखा परेको छ । संक्रमण दर निकै बढ्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साता धेरै मानिसको मृत्यु हुन सक्ने भन्दै सतर्क गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा