कोरोना सन्त्रास : इटाली र स्पेनमा संक्रमण दर घट्दै

मंगलबार, २५ चैत्र २०७६, ०७ : ३१
कोरोना सन्त्रास : इटाली र स्पेनमा संक्रमण दर घट्दै

एजेन्सी । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित दुई युरोपली देश इटाली र स्पेनमा संक्रमितको संख्या क्रमशः घट्न थालेको छ । 

विगत केही दिनयता कोभिड १९ संक्रमितको संख्यामा कमी आएपछि त्यहाँ लकडाउनले काम  गरेको ठानिएको छ । स्पेनमा लगातार चौथो दिन मृतकको संख्यामा कमी आएको छ । 

कोभिड १९ का कारण स्पेनमा सोमबार ६३७ जनाले ज्यान गुमाए । योसँगै मृतकको संख्या १३ हजार नाघिसकेको छ । गत बिहीबार स्पेनमा ९५० जनाको मृत्यु भएको थियो ।  एजेन्सीलाई उदृत गर्दै कान्तिपुर दैनिक लेख्छ–स्पेनमा संक्रमितको संख्या १ लाख ३५ हजार बढी पुगेको छ । जुन अमेरिकापछि कै बढी हो । 

त्यसैगरी इटालीमा पनि पछिल्लो केही दिनयता मृतक तथा संक्रमितको संख्यामा कमी देखिएको छ । शनिबार इटालीमा ६८१ जनाले ज्यान गुमाएका थिए । जुन मार्च २३ यताकै सबैभन्दा कम हो । इटालीमा हालसम्म कोरोनाबाट १५ हजार ५ सय बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस