काठमाडौं । काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले खरिद गर्न लागेको औषधी तथा उपकरण खरिद प्रकरणको निस्पक्ष छानविनको माग गरिरहेका बेला काँग्रेसका जिल्ला सभापतिहरु पनि सामुहिक रुपमा बोलेका छन् ।
शनिबार साँझ ७७ वटै जिल्ला सभापतिहरुले संयुक्त वक्तब्य निकाल्दै स्वास्थ्य उपकरण खरीदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारवाहीको माग गरेको हो । उनीहरुले कोरोना रोकथाम उच्चस्तरीय समितिका पदाधिकारीदेखि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल बर्खास्त गर्न भनेको छ ।
’स्वास्थ्य उपकरण खरीद प्रकरणमा संलग्न उच्चस्तरिय समिति, स्वास्थ्य मन्त्री र थप संलग्नहरुलाई तत्काल वर्खास्त गरी भ्रष्टाचारको विषयमा छानविन गरियोस,’ काँग्रेसका जिल्ला सभापतिहरुको विज्ञप्तिमा भनिएको छ । सरकारले बनाएको कोविड १९ रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन् ।
उनकै निर्देशन र संग्लनतामा ओम्नी गुप्रले औषधी खरिदको जिम्मा पाएको थियो । तर अहिले चौतर्फी विरोधपछि सरकारले ओम्नीसँगको सम्झौता रद्द गरिसकेको छ । समितिकै संलग्नतामा चीनबाट खरीद गरी ल्याएका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको जिल्ला काँग्रेसका ७७ ओटै जिल्ला सभापतिहरुले जिकिर गरेका छन् ।
कोरोनाको विपदमा सरकारले घोषणा गरेको लकडाउनको भने सभापतिहरुले स्वागत गरेका छन् । यस्तो अवस्थामा सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लाग्नु खेदजनक विषय भएको सभापतिहरुको भनाई छ । ‘सरकारका मन्त्रीहरु र आसेपासेहरुले अधिकारको दुरुपयोग गरी करोडौंको भ्रष्टाचार गरी जनताको जीउधनसँग खेलवाड गर्ने प्रपन्चमा लाग्नु खेदजनक विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आज काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेसमा कार्यवाहक सभापतिले किन बोलाए गुट भेला ?