एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिरहदा पछिल्लो समय इपिसेन्टरको रुपमा अमेरिकामा देखिदै गएको छ । अमेरिकाको विभिन्न राज्यमा कोरोनाको संक्रमणका कारण मृत्यु हु्नेको संख्या लगातार बढ्दो छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका बेला अमेरिकामा मास्कको अभाव भएका खबर पनि सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु शुक्रबार नयाँ उचाईमा पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार एकै दिन अमेरिकामा कम्तिमा १ हजार ४ सय २३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण कुनै पनि देशमा एकै दिन भएको यो सबैभन्दा ठूलो संख्याको हताहती हो । यसअघि बिहीबार अमेरिकामा एकै दिन १ हजार १ सय ६९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । अमेरिकामा हालसम्म कुल मृत्यु हुनेको संख्या ७ हजार ४ सय ६ पुगेको छ ।
यस्तै शुक्रबार एकै दिन अमेरिकामा ३२ हजार २ सय ८४ भन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १ सय ६१ भन्दा बढी भएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क सिटीमा कुल संक्रमतिको संख्या ५६ हजार २ सय ८९ छ । यसमा शुक्रबार थपिएका ६ हजार ५ सय ८२ हुन् । यस्तै न्यूर्योकमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ६७ रहेको छ । यसमा शुक्रबार मात्रै ३ सय ५ थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा