एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिरहदा पछिल्लो समय इपिसेन्टरको रुपमा अमेरिकामा देखिदै गएको छ । अमेरिकाको विभिन्न राज्यमा कोरोनाको संक्रमणका कारण मृत्यु हु्नेको संख्या लगातार बढ्दो छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका बेला अमेरिकामा मास्कको अभाव भएका खबर पनि सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु शुक्रबार नयाँ उचाईमा पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार एकै दिन अमेरिकामा कम्तिमा १ हजार ४ सय २३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण कुनै पनि देशमा एकै दिन भएको यो सबैभन्दा ठूलो संख्याको हताहती हो । यसअघि बिहीबार अमेरिकामा एकै दिन १ हजार १ सय ६९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । अमेरिकामा हालसम्म कुल मृत्यु हुनेको संख्या ७ हजार ४ सय ६ पुगेको छ ।
यस्तै शुक्रबार एकै दिन अमेरिकामा ३२ हजार २ सय ८४ भन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १ सय ६१ भन्दा बढी भएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क सिटीमा कुल संक्रमतिको संख्या ५६ हजार २ सय ८९ छ । यसमा शुक्रबार थपिएका ६ हजार ५ सय ८२ हुन् । यस्तै न्यूर्योकमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ६७ रहेको छ । यसमा शुक्रबार मात्रै ३ सय ५ थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द