लकडाउन अवधिभर छुटमा खाद्यान्न पाइने

पत्रपत्रिकाबाट

शनिबार, २२ चैत्र २०७६, ०७ : ४५
लकडाउन अवधिभर छुटमा खाद्यान्न पाइने

फाईल फोटो

काठमाडौँ। सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ती कम्पनीबाट छुटसहित उपलब्ध गराउने सामान बिक्रीको निर्देशिका बनाउने क्रममा भएको र एक÷दुई दिनमै निर्देशिका तयार हुने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस