काठमाण्डौँ । वागमती प्रदेशको राजधानी हेटौँडामा पनि अब कोरोना भाइरसलगायत अन्य परीक्षण गर्न सकिने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा रहेका उपकरणलाई आज प्राविधिक जनशक्तिले परीक्षण शुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोनालगायत विभिन्न प्रकारका जाँच गर्नका लागि पठाइएका सामग्रीको सफल परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताउनुभयो । उक्त प्रयोगशाला तत्काल सञ्चालन गर्ने प्रक्रियाका लागि संघीय सरकारले दुई जना प्राविधिक खटाएको सामाजिक मन्त्रालयले जनाएको छ ।
यसअघि आइशोलेसनमा रहनुभएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु पठाउने गरेकामा अब हेटौँडामै परीक्षण गरिने सो मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० चैत्र २०७६, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै