कोभिड—१९ : बन्दी रिहा

रासस

विहीबार, २० चैत्र २०७६, १६ : २६
कोभिड—१९ : बन्दी रिहा

काठमाडौँ । कोरोना भाइरस (कोभिड— १९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका  ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले  जानकारी दिनुभयो । सो भाइरसको जोखिमका कारणले कारागारले  कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण  बन्द गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस