काठमाडौं । नोबेल कोरोना भाइरस कोभिड–१९ को इपीसेन्टर बनेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । जोन्स हपकिन्स युनिभर्सिटीले सार्वजनिक गरेको पछिल्लो आँकडाअनुसार अमेरिकामा कोभिड–१९ संक्रमतिको संख्या २ लाख १३ हजाभन्दा बढी छ ।
अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ सय नाँघेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप संक्रमितको पुष्टि भएको हो । थप ९ सय जनाले ज्यान गुमाएका हुन् । अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको सख्या लाख भन्दा बढी भएको छ ।
इटालीमा १ लाख १० हजार ५०० भन्दा बढी र स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्रक्रमितको पुष्टि भएको छ । जोन्स हपकिन्स युनिभर्सिटीको आँकडाअनुसार हाल विश्वभर ९ लाख ३२ हजार ६ सय भन्दा बढी संक्रमित देखिएका छन्। यस भाइरसका कारण ४६ हजार ८ सयको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा