काठमाडौं । नोबेल कोरोना भाइरस कोभिड–१९ को इपीसेन्टर बनेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । जोन्स हपकिन्स युनिभर्सिटीले सार्वजनिक गरेको पछिल्लो आँकडाअनुसार अमेरिकामा कोभिड–१९ संक्रमतिको संख्या २ लाख १३ हजाभन्दा बढी छ ।
अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ सय नाँघेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप संक्रमितको पुष्टि भएको हो । थप ९ सय जनाले ज्यान गुमाएका हुन् । अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको सख्या लाख भन्दा बढी भएको छ ।
इटालीमा १ लाख १० हजार ५०० भन्दा बढी र स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्रक्रमितको पुष्टि भएको छ । जोन्स हपकिन्स युनिभर्सिटीको आँकडाअनुसार हाल विश्वभर ९ लाख ३२ हजार ६ सय भन्दा बढी संक्रमित देखिएका छन्। यस भाइरसका कारण ४६ हजार ८ सयको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द