काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले भ्रम फैलाएको छ । भ्रम कसले फैलायो भन्नेबारे नखुलेपनि सो भ्रामक सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ ।
तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ ।
बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बोर्डको बैठक नै बस्न नसकेको भन्दै परीक्षाबारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ चैत्र २०७६, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड