कोरोना प्रभाव : बेलायतमा रहेको नेपाली विद्यार्थीको चित्कार, उद्धार गरिदिनुस !

मंगलबार, १८ चैत्र २०७६, २० : ४३
कोरोना प्रभाव : बेलायतमा रहेको नेपाली विद्यार्थीको चित्कार, उद्धार गरिदिनुस !

काठमाडौँ । कोरोनाको प्रभाव अहिले हरेक क्षेत्रमा देखिन थालेको छ । यस रोगबाट प्रभावित हुनेको संख्या बढिरहेको छ । दैनिक रुपमा १ सय ५० भन्दा बढीको संख्यामा संक्रमितहरुको मृत्यु भइरहेको संचार माध्यमहरुले जनाएका छन् ।

हालै बेलायत आएका नेपाली विद्यार्थीहरु पनि कोरोनाको प्रत्यक्ष असरमा परेका छन् । हाल बेलायतमा रहेका सबैजसो व्यापारिक केन्द्रहरु, होटल, रेष्टुरेन्टहरु पुर्ण रुपमा बन्द गरिएको छ । यस महामारीमा हामी बेलायतको बोलाटनमा बसिरहेका छौ ।

हाल बेलायत पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । अत्यावश्ष्यक सेवा वाहेक हरेक क्षेत्र अहिले आक्रान्त बनिरहेको छ । श्रोतहरुको दाबी छ कि यो अवस्था कम्तीमा ५, ६ महिना सम्म कायम रहनेछ । जसको असर आर्थिक मन्दि तिर अग्रसर हुनेछ । विद्यार्थीहरु जो उच्च शिक्षाको लागि बेयालतलाई कर्मभुमी बनाइराखेका छन् ।

उनीहरुको पनि दैनिकी निकै कष्टकर रहेको छ । पार्टटाईम कामहरु पनि नभएको अवस्थामा घरभाडा तिर्ने सन्दर्भमा र खाना किनेर खानुपर्ने भएकोले अहिले निकै अप्ठेरो अवस्थामा रहेको छ । यसको असर मनोवैज्ञानिक रुपमा समेत परेको छ । यही अवस्थामा नेपाल सरकार र बेलायत स्थित नेपाली दुतावासले सक्रिय रुपमा लागिपरेर हामी नेपाली  विद्यार्थीहरुको उद्धारको निम्ती अपिल गरिरहेका छौं ।

विनोद पोख्रेल
बेलायत

 

प्रतिक्रिया दिनुहोस